पोखरामा मोटरसाइकल दुर्घटना हुँदा खतिवडाको मृत्यु

पाेखरा | जेठ ९, २०८०

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा खतिवडाको मृत्यु

पोखरा:  पोखरामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 


पोखरा महानगरपालिका ६ खहरेचोक हल्लनचोकबाट गैह्राको चौतारा तर्फ जाँदै गरेको ग २४ प ३१० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार १८ वर्षीय सफल खतिवडाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । 


पोखरा हल्लनचोकबाट गैह्राको चौतारा तर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर सडकको विद्युतको पोलमा ठक्कर खाँदा मोटरसाइकल चालक तनहुँको म्याग्दे गाउँपालिका ४ का १७ वर्षीय संगम बानियाँ घाइते भएका छन्, मोटरसाइकलमा सवार काठमाडौं कपन घर भएका खतिवडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


घाइते बानियाँको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्